मुख्य समाचार

धार्चे पहिरोः वेपत्ता भएका ४ जनाको शव भेटियो

- हरिराम उप्रेती गोरखा

गोरखाको धार्चे गाउँपालिका–५ गुम्दा स्थित रेसफाँटको पहिरोमा परि वेपत्ता भएका मध्ये चार जनाको शव भेटिएको छ ।

सुलाल कान्छा गुरुङ, उनका छोरा जीत वहादुर गुरुङ र वुहारी कान्छी गुरुङ र रमेश गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशुली नदि किनारमा हिजो एक महिलाको शव भेटिएको थियो । प्रारम्भिक अनुसन्धानपछि शव गोरखा अस्पताल लगिएको थियो ।

शवको पहिचानको क्रममा रेसेफाँट पहिरोमा परि वेपत्ता वनेकी ३५ वर्षीया कान्छी गुरुङको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो । पहिरोमा वेपत्ता मध्ये अर्का एक जनाको खोजी भइरहेको उहाँको भनाइ छ ।