मुख्य समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा पदबाट राजिनामा

- अर्जुन शाह धनगढी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजिनामा दिनुभएको छ । प्रदेश सभाबैठकलाई सम्बोधन गर्दै सोडारीले मुख्यमन्त्रीबाट राजिनामा दिनुभएको हो ।

मुख्यमन्त्रीको अनुरोधमाविश्वासको मतका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा सोडारीले मन्तब्य दिँदै विश्वासको मतविभाजनमा नगई राजिनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुभएको हो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रंजिता श्रेष्ठ समुह) र एक जनास्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादी पार्टीबाट सोडारी बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेलेबजेट पारित हुनु अगावै साथ छाडेपछि बजेट ल्याउन नसकेको आरोप लाग्दै आएको छ ।