थप ४ मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पायो
- सुर्खेतनेपाली काँग्रसेबाट थप ४ जना मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।
काँग्रेसको सिफारिस अनुसार मुख्यमन्त्री यामलाल कँडेलले दैलेखका घनश्याम भण्डारीलाई सामाजिक विकास, जाजरकोटका राजीवविक्रम शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोक्दै सरकारलाई पूर्णता दिनुभएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सल्यानका सुरेश अधिकारीलाई दिइएको छ भने जलस्रोत तथा ऊर्जा विकास मन्त्रायको जिम्मा हुम्लाकी विजया बुढालाई दिइएको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आजै सपथ गराउनुभएको छ ।
माओवादी सरकारबाट बाहिरीएपछि खाली रहेका मन्त्रालयमा नेपाली काँग्रेसका ४ जना सांसदलाई नियुक्त गरिएको हो । केन्द्रीय सत्ता समिकरण परिवर्तन भएसँगै माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरीएको थियो ।