मुख्य समाचार

सुदूरपश्चिममा १० सदस्यीय मन्त्रिमण्डल गठन

- अर्जुन शाहधनगढी

सुदूरपश्चिम प्रदेशका नवनियूक्त मुख्यमन्त्री कमलबहादुर शाहले ६ मन्त्री र तीन राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ ।

प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ लिएसँगै मुख्यमन्त्री शाहले मन्त्रीमण्डल बनाउनुभएको हो । सुदूरपश्चिममा यसपटक नेपाली काँग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका बहादुर सिंह थापाले आर्थिक मामिला तथा योजना मन्त्रालय र मेघराज खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै प्रकाश बहादुर बमले आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सरस्वती खड्काले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

नेकपा एमालेबाट सुरेन्द्र बहादुर पालले भौतिक पूर्वाधार मन्त्रालय, हिरा सार्कीले आन्तरिक मामिला तथा कानून मन्त्रालय र बीरवहादुर थापाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

एमालेकी निर्मला देवी साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नुभएको छ । नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर चौधरीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हाम्रा सहकर्मीले जनाएका छन् ।