मुख्य समाचार

भारतमा पहिरोमा परि मृत्यु भएका ३ नेपाली शव नेपाल ल्याइयो

- भवानी भट्ट कञ्चनपुर

भारतको उत्तराखण्डस्थित केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका तीनजनाको शव नेपाल ल्याइएको छ । 

गड्डाचौकी नाका हुँदै उनीहरुको शव आज नेपाल ल्याइएको हो । पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परियार, कृष्ण परियार र पुर्ण नेपालीको शव एउटै गाडीमा ल्याइएको हो । 

आज रातिसम्म शव घरमा पु¥याएपछि भोलि अन्तिम संस्कार गरिने मृतकका आफ्न्तले बताएका छन् ।

 पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको छ । गत बिहीबार केदारनाथ नजिकै फाटा भन्ने स्थानमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।

 उनीहरु बस्दै गरेको सडक छेउको छाप्रो पहिरोले पुरेको थियो । मृतक चारै जनाको बद्रीनाथस्थित सरकारी अस्पतालमा पोष्टमार्टम गरिएको हो ।