मुख्य समाचार

उपसभामुखलाई हटाउनबाट काँग्रेस–एमाले पछाडि हट्छन्ः अध्यक्ष दाहाल

- केएफएम डेस्क काठमाडौं

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं पछाडि हट्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग बोल्दै दाहालले उपसभामुखले प्राविधिक केही कुरा नजानेर त्रुटि भएकाले हटाउनेसम्म जान नहुने बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको भन्दै सबै सो पदका लागि योग्य भएको उल्लेख गर्नुभयो । उहाँले संवैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने जिकिर गर्नुभयो ।

साथै, अध्यक्ष दाहालले हिंसा शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित गरेको विषय नसच्याएसम्म सदनमा विरोध जारी रहेन बताउनुभयो ।