रौतहटको सदरमुकाम गौर जलमग्न
- रौतहटअविरल वर्षाका कारण रौतहटको गौर बजार जलमग्न भएको छ । बागमती र लालबकैया नदिमा पानीको सतह बढेर बाँध र दायाँ–बायाँको क्षेत्र कटान सुरु गरेपछि सदरमुकाम गौर जलमग्न भएको हो ।
अहिले गौरको मुख्य सडकमा २ र भन्सार क्षेत्रमा ४ फिट पानी जमेको गौर नगरपालीकाका नगरप्रमुख शम्भु साहले बताउनुभयो । यसैबीच, बागमती नदीको बाढीले जिल्लाको दुर्गाभगवती, राजदेवी, गढिमाइ र माधवनारायण नगरपालिकामा गरिएको तटबन्ध कटान गरेको छ ।
लालबकैया नदीमा आएको बाढीले मौलापुर, इशनाथ, कटहरिया र राजपुर नगरपालिकाको बस्तिहरु डुबानमा परेका छन् । सदरमुकाम लगायत क्षेत्र जलमग्न भएपनि हालसम्म मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी हिरालाल अधिकारीले जानकारी दिनुभयो ।