मुख्य समाचार

नवलपरासी पश्चिमको दाउन्नेमा डाइभर्सन निर्माण हुँदै

- नवीन पौडेलनवलपरासी

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा सडक भासिएको स्थानमा डाइभर्सन निर्माणको काम सुरु भएको छ । 

पहिरोका कारण सडक भासिएको दाउन्नेमा खण्डमा गएरातिदेखि डाइभर्सन निर्माणको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बर्दघाट नगरपालिका–४ खुर्सानी खोला नजिकै सोमबार सडक भासिएको थियो । जसका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो । 

गएराति ११ बजेबाट डाइभर्सन निर्माणको काम सुरु भएको र आज दिउँसोसम्ममा एकतर्फी भए पनि यातायात सञ्चालन गराउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । 

सडकमा अलपत्र परेका सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ । अवरुद्ध सडक खुलाउनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख र सडक विभागको टोली स्थलगत रुपमा खटिएका छन् ।