मुख्य समाचार

तीन दिनसम्म वर्षा हुने, सतर्कता अपनाउन आग्रह

- केएफएम डेस्क

मुलुकका विभिन्न स्थानमा आजदेखि ३ दिनसम्म पुनः वर्षा हुने भएकाले सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने मौसमी प्रक्षेपण महाशाखाले गरेको हो । न्यून चापीय प्रणालीका कारणले तीन दिनसम्म वर्षा हुने भएकाले सर्तकता अपनाउनुपर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । 

विशेषगरी पहाडी भूभागमा पहिरोको जोखिम भएकाले उच्च सावधानीका साथ यात्रा गर्न महाशाखाले सचेत गराएको छ । यसअघि गत साता लगातारको बर्षापछि आएको बाढी पहिरो र डुबानबाट जनधनको ठूलो क्षति भएको थियो । पर्सी शुक्रबारपछि भने मौसममा क्रमिक सुधार हुदैं जाने महाशाखाले जनाएको छ ।