मुख्य समाचार

भकुण्डेवेशीबाट बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक सञ्चालन

- केएफएम डेस्ककाठमाडौं

काभ्रेको भकुण्डेवेशीबाट बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक सञ्चालनमा आएको छ ।

काभ्रेको तिमाल खैरेनी हुँदै मध्य पहाडी राजमार्ग भएर रामेछापको सित्खा पुलबाट बीपी राजमार्ग निस्कन मिल्ने वैकल्पिक बाटो सञ्चालमा आएको हो ।

सो सडक सञ्चालनमा आएको तिमाल गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङले जानकारी दिनुभयो । धुलीखेलबाट भकुण्डेवेशी २५ किलोमिटर र भकुण्डेवेशी–सित्खा ३५ किलोमिटर गरि ६० किलोमिटर क्षेत्रमा एकतर्र्फी रुपमा सञ्चालनमा रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सो मार्गमा मोटरसाइकल र साना सवारी खुलिसकेको र भोलीबाट यात्रुसवाहक वस संचालनमा आउने बताइएको छ । यसैबीच बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलीखेल खण्डमा अस्थायी सडक निर्माण कार्य जारी छ ।