मुख्य समाचार

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

- केएफएम डेस्ककाठमाडौं

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा आज नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै राष्ट्रपति पौडेल समक्ष शपथग्रहण गर्नुभएको छ । 



प्रधानन्यायधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट असोज १६ गते सर्वसम्मतले अनुमोदित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनुभएको हो । राउतको कार्यकाल प्रधानन्यायाधीशका रुपमा २०८२ चैतसम्म रहनेछ ।