मुख्य समाचार

धौलागिरी हिमालमा ५ जना रुसी आरोहीको मृत्यु

काठमाडौं

धौलागिरी हिमाल आरोहणमा गएका ५ जना रुसी आरोहीको मृत्यु भएको छ । आरोहणमा गएका उनीहरु करिब ७ हजार ७ सय मिटरको उचाइबाट खसेको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । उहाँले ५ जना रुसी आरोहीको शव एकै स्थानमा आज बिहान हेलिकप्टरबाट देखिएको बताउनुभयो । शव काठमाडौँ ल्याउने प्रक्रिया अघि बढाइएको छ । 

आरोहणका लागि गएकामध्ये दुई जना शनिवार धौलागिरी हिमाल चढेर वेशक्यापमा फर्किएपनि ५ जना भने सम्पर्कमा नआएपछि खोजी कार्य सुरु गरिएको थियो । वेशक्यापमा रहेका २ आरोहीलाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । अर्का एक आरोहीलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । हिजो मौसम खराब भएपछि आज बिहानै देखि हेलिकप्टरबाट खोजी गरिएको थियो ।