मुख्य समाचार

बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

- केएफएम डेस्ककाठमाडौं

अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले आज बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्ष वरिष्ठ अधिवक्ता घिमिरेविरुद्ध अदालतको अवहेलनामा निवेदन दिनुभएको थियो । सो निवेदनका आधारमा बारका अध्यक्षविरुद्ध अवहेलनाको मुद्दा अगाडि बढाइएको थियो ।

 बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा लेनदेन भएको दाबी गर्दै अभिव्यक्ति दिएको भन्दै गत असोज १४ गते सर्वोच्च प्रशासनका तर्फबाट उपरजिष्ट्रार घिमिरेले अदालतको अवहेलना निवेदन दर्ता गराउनुभएको थियो ।

 यद्यपी, घिमिरेले मुद्दा फिर्ता लिने घोषणा गरेपनि इजलासले भने मुद्दाको प्रक्रिया अगाडी बढाएको छ । अदालतको आदेशपछि बार र बेञ्चबीचको विवाद फेरि बढ्ने देखिएको छ ।