मुख्य समाचार

बाढी पहिरोको पूर्वतयारी र उद्दारमा सरकार गम्भीर नदेखिएको प्रतिपक्षी दलको निष्कर्ष

- केएफएम डेस्ककाठमाडौं

बाढी पहिरोको पूर्वतयारी र उद्दारमा सरकार गम्भीर नदेखिएको प्रतिपक्षी दलले निष्कर्ष निकालेको छ ।

प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले सरकार पार्टीगत र निहीत स्वार्थमा केन्द्रीत भएको आरोप लगाएको हो ।

बिहान बसेको विपक्षी दलहरुको बैठकमा उनीहरुले बाढी, पहिरोमा परेका नागरिकको खोज, उद्दार, पुर्नस्थापनामा सरकार गम्भीर भएर काम नगरेको भन्दै निहीत स्वार्थमा अघि बढेको बताएका हुन् ।

बाढी, पहिरोका कारण उत्पन्न परिस्थिति लगायत विषयलाई तत्काल सम्बोधन गर्न सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी प्रतिपक्षी दलले गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज दोस्रो साता बाढी, पहिरोले पु¥याएको क्षतिबारे छलफल गर्न आज बिहान विपक्षी दलहरुको बैठक बोलाउनुभएको थियो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपासहित सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सहभागि भएको थियो ।