मुख्य समाचार

एमाले नेतृत्वमा सरकार बनेको १ सय दिन पूरा, जनअपेक्षा अनुसार काम हुन सकेन

- केएफएम डेस्क

एमाले नेतृत्वमा सरकार बनेको १ सय दिन पूरा भएको छ । नेपाली कांग्रेस र एमालेबीच गत असार १७ मा भएको ७ बुँदे सहमति अनुसार एमाले अध्यक्ष ओली गत असार ३० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । स्थिर सरकार र आर्थिक समृद्धिका लागि भन्दै मुलुकका दुई ठूला दल कांग्रेस र एमाले नेतृत्वमा सरकार बनेको १ सय दिनको अवधिमा जनअपेक्षा अनुसारको काम भने हुन नसकेको गुनासो बढेका छन् । 

यो बीचमा संक्रमणकालिन न्याय प्रक्रियालाई अघि बढाउन सरकार सफल भएको छ । भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्ने सवालमा भने सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेको देखिदैन । प्राकृतिक विपत्तिमा प्रभावकारी कदम चाल्न नसकेको, अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसकेको लगायत बिषयका कारण सरकारको आलोचना भएको छ ।