मुख्य समाचार

सहकारी ठगी प्रकरणमा सत्तारुढ दलका नेता जोगाउन खोजियोः माओवादी केन्द्र

- केएफएम डेस्ककाठमाडौं

सहकारी ठगी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउने प्रयास भएको प्रतिपक्षी माओवादी केन्द्रले आरोप लगाएको छ ।

विपक्षी दलका नेतालाई पक्राउ गरिएपनि सहकारी ठगीमा जोडिएका सत्तारुढ दलका नेतालाई बचाउन सरकार लागिपरेको माओवादी केन्द्रको भनाइ छ ।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले विपक्षी दलका नेतालाई सरकारले पक्राउ गरेपनि काँग्रेस एमालेका नेतालाई संरक्षण गरेको आरोप लगाउनुभयो । सत्ता गठबन्धनका नेताहरुले सहकारीको रकम अपचलन गरेको प्रमाण हुँदा पनि सरकारले उनीहरुलाई जोगाएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्र सरकारमा रहँदा आफनो पार्टीले सुशासन र भ्रष्टाचार नियन्त्रण्मा गरेको कामलाई ओली नेतृत्वको सरकाले उल्टाउने प्रयास भएको प्रवक्ता सापकोटाको आरोप छ । माओवादी केन्द्र अहिले प्रतिपक्षमा रेहेपनि जनतासँगै रहेको सो पार्टीको दावी छ ।

फरक प्रसंगमा ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएकाले कार्तिक १० गते बागमति प्रदेश , उपत्यका प्रदेश र सम्पर्क समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागिएको सापकोटाले जानकारी दिनुभयो ।