मुख्य समाचार

बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै सहकारीपीडितको आजपनि पोखरामा प्रदर्शन

- केएफएम डेस्ककाठमाडौं

सहकारी ठगी प्रकरणमा दोषीहरूलाई कारबाही र आफूहरूको बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै पोखराका सहकारीपीडितहरूले आज पनि प्रदर्शन गरेका छन् ।

उनीहरूले पोखरा महानगरपालिका–१७ स्थित मुस्ताङ चोकमा थाल र चम्चा लिएर विरोध प्रदर्शन गरेका हुन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति÷सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा विरोध प्रदर्शन भएको हो ।



गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम फिर्ता गर्नुपर्ने र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग सहित पीडितहरुले प्रदर्शन गरेका हुन् ।

सहकारी प्रकरणमा प्रहरीले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी र तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेसहितलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई रिहाइ गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सडक संघर्ष थालेपछि पीडितहरू पनि सडकमा उत्रिएर कारबाहीको माग सुरु गरेका हुन् ।