मुख्य समाचार

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको छ ।

निगमको सञ्चालक समितिको आज बसेको बैठकको निर्णय बमोजिम राति १ बजेबाट लागूहुने गरी पेट्रोल र डिजेलमा गरी १ रुपैयाँको दरले घटाइएको हो । निगमका अनुसार मट्टितेलमा २ रुपैयाँ , हवाई इन्धन ३ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर ५५ रुपैयाँले बढेर आएपनि अहिलेलाई हालको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

यसैबीच, निगमले जारी गरेको सुचनामा पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी , नेपालगञ्ज धनगढी र वीरगञ्जमा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ४७ रुपैयाँ कायम गरिएको छ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ४९ रुपैयाँ तोकिएको छ । निगमले तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५० रुपैयाँ कायम गरिएको निगमले उल्लेख गरेको छ । त्यस्तै निगमको डिपो कार्यालय देखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा विक्रि मूल्य कायम गरिएको छ ।