मुख्य समाचार

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बेलायत प्रस्थान

- केएफएम डेस्ककाठमाडौं

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा सहभागी हुन बेलायत जानुभएको छ । 

बेलायतको ग्लास्गोमा भोलिबाट शुरु हुने महासभामा सहभागी हुन कुँवरसहित सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह त्यसतर्फ जानुभएको नेपाल प्रहरीले जनाएको छ । 

इन्टरपोलका सबै १ सय ९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने सो महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदान हुने र नेपालको तर्फबाट समेत सहभागीता रहने भएको छ । 

प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सहभागि हुने प्रतिनिधी मण्डलले मित्रराष्ट्रहरु चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरुसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयथप प्रभावकारी बनाउने लगायतविषयमा छलफल गर्ने, एवं द्विपक्षीय बैठकमा सहभागी हुने कार्यतालिका छ ।