मुख्य समाचार

कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री अधिकारीद्वारा राजीनामा

- केएफएम डेस्ककाठमाडौं

मुख्यमन्त्रीलाई समेत जानकारी नदिई सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उहाँ विवादमा तानिनुभएको थियो ।

मुख्यमन्त्रीले हिम्मत कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामाका लागि सुझाव दिएपछि उहाँले राजीनामा पत्र बुझाउनु भएको हो ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा जापान जानुभएको थियो ।

उहाँले टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा भाग लिन गएको बताइएको छ । अधिकारीले आफू निजी भ्रमणमा गएको बताउनुभएको छ ।