मुख्य समाचार

सहकारी पीडितमाथि चरित्रहत्या गर्ने प्रयास भयोः सूर्यदर्शन बचत पीडित संघर्ष समिति

- केएफएम डेस्ककाठमाडौं

कास्कीस्थित सूर्यदर्शन बचत पीडित संघर्ष समितिले पीडितहरुमाथि लान्छना लगाई चरित्र हत्या गर्न खोजिएको जनाएको छ ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिले आज विज्ञप्ती जारी गर्दै सहकारी पीडितको समस्या समाधान गर्ने तर्फ ध्यान दिनुपर्नेमा पीडितमाथि चरित्रहत्या गर्ने प्रयास गरिएको जनाएको हो ।




विज्ञप्तीमा न्यायालयलाई प्रभाव पार्ने तथा पीडित बचतकर्ताबीचमा अविश्वासको वातावरण सिर्जना गर्न खोजिएको उल्लेख छ । समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकताबाट आफ्ना अध्यक्षको समेत चरित्र हत्या गर्न खोजिएको बताएको छ ।

सहकारीमा बचत गरेको रकम नपाउँदा पीडित बनेका १८ हजार ७ सय जनाको समस्यालाई विषयान्तर गरिएको समितिको भनाइ छ ।