नृपध्वज निरौला र नित्यान्द पाण्डेय सर्वोच्चको न्यायाधीशमा नियुक्त
- काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यान्द पाण्डेयलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट््टराइका अनुसार राष्ट्रपति पौडेलले न्यायाधीशद्वयलाई संविधानको धारा १ सय २९ को उपधार २ बमोजिम न्याय परिषद्को सिफारिसका आधारमा न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।
सर्वोच्चको न्ययाधीमा नियुक्त निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीशका रुपमा कार्यरत हुनुहुन्थ्यो । न्यायाशीमा नियुक्त निरौला र पाण्डेद्ववको नाम संसदीय समितिले गत शुक्रबार अनुमोदन गरेको थियो ।
यसैबीच राष्ट्रपति पौडेलले चीन र अमेरिकाका लागि नेपाली राजदुत समेत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली र लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुएको हो ।
संविधानको धारा २ सय ८२ को उपधार १ अनुसार उहाँहरुलाई मन्त्रीपरिषद्को सिफारिसका आधारमा राजदूतमा नियुक्त गरिएको हो ।