मुख्य समाचार

लामिछानेको आजको बयान सकियो, भोली पनि बयान लिईने

- घनश्याम गौतम, दीपेन्द्र बुडुवाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा अपरान्ह १ बजेबाट सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा उहाँको बयान सुरु भएको थियो ।

आजको बयान सकिएपछि सरकारी वकिल कार्यालयबाट निस्कने क्रममा उनले आफुलाई बाघको संज्ञा दिनु भएको छ । लामिछानेलाई आज पोखराबाट भैरहवा विमानस्थल हुँदै जिल्ला सरकारी वकिलको कार्यालयमा पु¥याईएको थियो । उहाँलाई जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले बयान लिएको थियो । स्रोतका अनुसार उहाँले आफुले रकम अपचलन गरेको र आप्mना नाममा रकम जम्मा भएको विषयमा इन्कारी बयान दिनु भएको छ । उहाँले आप्mनो नाममा रकम जम्मा गरेको विषयमा कुनै जानकारी नरहेको र कसले जम्मा गरेको भन्ने विषयमा समेत आफु अनभिज्ञ रहेको दावी गर्नु भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले आजको कार्यालय समय सकिएकाले बयान पनि सकिएको र भोलि विहान सवा १० बजेदेखि नै बयान निरन्तर हुने बताउनुभयो । उहाँका अनुसार आज रविलाई २० भन्दा बढी प्रश्न सोधिएको छ । तर, त्यसको लिपिबद्ध हुन बाँकी रहेको उहाँले बताउनुभयो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैंयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कनुन विपरित खर्च गरिएको अनुसन्धानले देखाएको छ । संसदीय समितिको छानविन प्रतिवेदन अनुसार सुप्रिम सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उहाँलाई पहिलो पटक कात्तिक ४ गते ६ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० र चौथो पटक १३ दिनको म्याद थप भएर अनुसन्धान भईरहेको छ । लामिछाने हिरासतमा पुगेको २६ दिन पुगेको छ ।