लाइन काटिएका उद्योगमा बिजुली जोड्ने प्राधिकरणको निर्णय
-नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय भएको जनाएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बिजुली जोड्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताउनुभएको हो ।
आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे टीओडी मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो । प्राधिकरणले कात्तिक ८ मा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको उद्योगको बिजुली काटेको थियो । सो बक्यौता नतिरेर लाइन काटिएका २८ वटा उद्योगहरुमा यथाशिघ्र बिजुली जडान गरिने प्रवक्ता घोषले बताउनुभयो ।