मुख्य समाचार

पोखरामा हरित यातायात प्रणालीको पाइलोटिङ् गरिने

काठमाडौं

पोखरा महानगरभित्र सञ्चाल नहुने सार्वजनिक यातायातलाई प्रविधि मैत्री बनाउने उदेश्यकसहित पोखरामा आगामी २ वर्षमा हरित यातायात प्रणालीको पाइलोटिङ् गरिने भएको छ ।

हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने पोखरा महानगरले जनाएको छ । 

सो रुटमा ६ स्थानमा प्रविधिसहितको बसस्टप निर्माण र ४२ वटा बसमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने पोखरा महानगरप्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । 

त्यसकालागि आवश्यक सामाग्री डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्नेछ ।

ती सामाग्री पोखरासम्म ल्याउनका लागि महानगरले सहजीकरण गर्ने छ । तोकिएका बसस्टपमा इन्टरनेट र बिजुलीबत्तिको व्यवस्थापन महानगर आफैले गर्नेछ । 

पहिलो चरणमा १८ करोड बराबरको सामाग्री कोरियाले उपलब्ध गराउने मेयर आचार्यले बताउनुभयो । 

परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटमा १ हजार २ सय ८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । त्यस्तै, ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।

 नगरप्रमुख आचार्यका अनुसार पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् ।