रास्वपा सभापति लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो
- कास्कीसहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
कास्की हिरासतमा रहेका उनलाई गत कात्तिक २५ मा थपिएको १३ दिनको म्याद सकिएकोले पुनः अदालत उपस्थित गराइएको हो । उनीसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं र रामकुमार खनाललाई पनि अदालतमा उपस्थित गराइएको छ ।
कात्तिक २ मा पक्राउ परेका लामिछानेमाथि हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका उनलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसनधानका लागि पक्राउ पुर्जी जारी भएको छ ।