मुख्य समाचार

सट्टेबाजी मार्फत कारोबार गर्ने एकजना पक्राउ

- केएफएम डेस्क

नेपालमा गैरकानुनी मानिएको सट्टेबाजी मार्फत ५५ करोड रुपैयाँ बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ का ३७ वर्षीय सुनिल राईलाई ललितपुरको महालक्ष्मी नगरपालिका ४ अफलटोलबाट पक्राउ गरेको हो । 

सट्टेबाजी मार्फत राईले क्रिप्टोकरेन्सीको कारोबार समेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार राईले विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरि ७५ वटा बैंक खाता, इसेवाका १ सय २८ वटा खाता तथा २५ वटा बढी जीमेल खाताको प्रयोग गरि ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ । 

राईको साथबाट प्रहरीले ११ जनाको नागरिकता, १५ वटा राहदानी, विभिन्न बैंकको २२ वटा चेक तथा ७५ वटा मोवाइल सीम लगायत सामाग्री समेत गरेको छ । उनलाई अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धानका लागि ललितपुरको जिल्ला प्रहरी परिसर पठाइएको छ ।