रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
- काठमाडौंसहकारीको बचत रकम अपलचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पोखरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।
काठमाडौंस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत रकमबारे अनुसन्धानका लागि लामिछानेलाई प्रहरीले आज साँझ काठमाडौं ल्याएको हो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्लाअदालतले लामिछानेलाई पक्राउ गर्न यहीमंसिर २ मा पक्राउपुर्जी जारी गरेको थियो ।
यसअघि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेलाईरूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो ।कास्की जिल्ला अदालतले गत आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।