मुख्य समाचार

साहारा सहकारी बचत दुरूपयोगः छवि चितवनमा, बयान सुरू

- रमेशकुमार पौडेलचितवन

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा चितवन प्रहरीले कास्की प्रहरीको हिरासतमा रहेका नेपाल प्रहरीका पुर्व डिआईजी छविलाल जोशीलाई भरतपुर पुर्‍याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरेको छ । प्रहरीले सोही मुद्दामा अर्का आरोपित रामबहादुर खनाललई पनि बयानमा लागि जोशीसँगै चितवन लगेको छ ।

जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल) शान्तिप्रसाद लुईटेलले आज दिउँसोबाटै बयान सुरू भएको बताउनुभयो । गोरखा मिडियाका तत्कालिन शेयरधनी र सञ्चालक रहेको भन्दै बचतकर्ताहरूले छवि विरूद्ध चितवन प्रहरीमा पुरक उजुरी दिएका थिए । 

गोरखा मिडियाका तत्कालिन शेयरधनी सञ्चालक र प्रवन्ध निर्देशक पुर्व गृहमन्त्री तथा चितवन–२ का सांसद रवि लामिछाने विरूद्ध पनि चितवन प्रहरीमा उजुरी परेर पक्राउ पुर्जी जारी भएको छ । कास्की प्रहरीले नियन्त्रणमा लिएको रवि लामिछानेको काठमाडौंमा बयान भइरहेको छ । गोरखा मिडियामा चितवन साहाराबाट नियम विपरित १० करोेड रूपैयाँ गएको विभिन्न अनुसन्धानले देखाएको छ ।