अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा
-अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउनु भएको छ । तीनदिने भ्रमणका क्रममा सहायक विदेशमन्त्री लू आज काठमाडौं आइपुग्नु भएको हो । भारत र श्रीलंकाको भ्रमणपछि उहाँ नेपाल आउनु भएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार काठमाडौं रहँदा सहायक विदेशमन्त्री लूले नेपाली नेताहरूका साथै नागरिक समाजसँग समेत अन्तरक्रिया गर्नुहुनेछ । उहाँको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ । भ्रमणका क्रममा उहाँले युवाहरूसँग पनि साक्षात्कार गर्ने कार्यक्रम छ ।