मुख्य समाचार

भोलि र पर्सि देशभर वर्षाको सम्भावना

- केएफएम डेस्ककाठमाडौं

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भोलि र पर्सी देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज सूचना जारी गर्दै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती मधेश र कोशी प्रदेशका भू–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार भोलि अपरान्हदेखि पर्सिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भाग तथा गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

वर्षा हुने अधिकांश स्थानमा तापक्रम घटेर चिसो बढ्न सक्ने अनुमान गरिएको छ । हिमपात तथा वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने जनाउँदै महाशाखाले पर्वारोहण, हवाई उडान र यातायातका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।