मुख्य समाचार

विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायललाई सरकारको आग्रह

- केएफएम डेस्ककाठमाडौं

इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमास बीच युद्ध सुरु भएसँगै हमासले बन्धक बनाएको भनिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले इजरायल सरकारलाई पुनः आग्रह गरेको छ ।

 नेपालका लागि इजरायली राजदुत स्मूलीक ऐरी बास र परराष्ट्रमन्त्री आरजु राणा देउवा बीचको भेटका क्रममा नेपाली पक्षबाट सो आग्रह गरिएको हो । पछिल्लो केहि दिन यता हमास समूहले बन्धक बनाएका केही व्यक्तिहरुलाई रिहा गरिदिने भन्दै सार्वजनिक गरेको सूचीमा नेपाली विद्यार्थी जोशीको नाम नपरेपछि सरकारले जोशीलाई रिहा गरिदिने वातावरण बनाउन इजरायली पक्षलाई आग्रह गरेको बताइन्छ । 

सन् २०२३ अक्टोबर ७ मा गाजा क्षेत्रमा भएको हमलामा विपिन जोशी बन्धक बनेको बताइएको छ । नेपालबाट अध्ययनका लागि इजरायल पुगेका १० जना विद्यार्थीको आक्रमणमा परि मृत्यु भएको थियो । तर, विपिन जोशीको अवस्था भने अहिलेसम्म अज्ञात छ ।