मुख्य समाचार

लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पक्राउ

- केएफएम डेस्ककाठमाडौं

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगी मुद्धामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 एमबीबीएस परीक्षामा उत्तिर्ण गराइदिने भन्दै घुस रकम लिएको आरोपमा प्रहरीले नियन्त्रण लिएको हो । जिल्ला अदालतबाट पक्राउ पुर्जी भएपछि पोखरेल आज जिल्ला प्रहरी कार्यालयमा आँफै उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिनुभयो ।

 मोरङ जिल्ला कमिटि सदस्यसमेत रहेका पोखरेलमाथि सप्तरीका बौआलाल चौधरीबाट पटकपटक गरी ३८ लाख ८० हजार लिएको आरोप छ । एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने आश्वासन दिएर अनिलले सो रकम लिएको पीडित बौआलालको भनाई छ ।