पछिल्लो ५ महिनामा यौनजन्य हिंसासम्बन्धी १३ सय ९२ उजुरी दर्ता
- काठमाडौंमहिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य हिंसा सम्बन्धि घटनामा वृद्धि भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार गत साउन देखि मंसिर मसान्तसम्म देशभर १ हजार ३ सय ९२ वटा हिंसाका घटना सम्बन्धी उजुरी परेको छ । यो संख्या अझै बढ्न सक्ने अधिकारकर्मीहरु बताउँछन् ।
प्रहरीका अनुसार ९२ दशमलव ७६ प्रतिशत हिंसा चिनेजानेका व्यक्तिबाटै हुने गरेको छ भने ७ दशमलव २४ प्रतिशत अपरिचित व्यक्तिबाट हुने गरेको देखिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले हिंसा सहेर नबस्न आग्रह गर्दै त्यस्ता घटना भएमा प्रहरीमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।