मुख्य समाचार

वर्तमान सरकार लामो समय जान नसक्नेः अध्यक्ष दाहाल

- केएफएम डेस्क

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार लामो समय जान नसक्ने बताउनुभएको छ । चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कंग्रेस एमालेसहितको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दावी सत्तारुढ दलका नेताहरुले गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता दाहालले सरकारको आयु लामो नभएको धारणा राख्नुभएको हो ।

दाहालले नयाँ गठबन्धन बन्ने अवस्थामा नेपाली कंग्रेससँग साझेदारी हुन सक्ने संकेत समेत गर्नुभएको छ ।

केही दिनअघि विपक्षी दलहरुको संयुक्त वक्तव्य सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गरेका माओवादी अध्यक्ष दाहालले सरकारको भविष्यबारे टिप्पणी गर्नुभएको हो ।