मुख्य समाचार

महाकुम्भ मेलाबाट फर्किएका नेपाली सवार गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

- अजित तिवारीकाठमाडौं

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चालिरहेको महाकुम्भ मेलामा सहभागी भएर फर्किदै गरेको नेपाली तिर्थालु सवार गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  अन्य ४ जना घाइते भएका छन् ।

बिहारस्थित मुज्फरपुरमा नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वरुण बहादुर सिंहले जानकरी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा धनुषा र महोत्तरीका तीर्थयात्रु छन् । ४५ वर्षीया मन्तार्नी देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा र ५५ वर्षीया इंदु देवी र अर्का एक जना गाडीका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई जोगाउने क्रममा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।