खेलकुद

आहा–रारा पोखरा गोल्डकपमा एपीएफमाथि मछिन्द्रको जित

- दीपक परियारपोखरा

मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–० गोलले पराजित गर्दै मछिन्द्र क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७४ औं मिनेटमा आदित्य शाक्यले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए ।

 मछिन्द्रका लागि खेलको ८१ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन कामाहाले गोलमार्फत अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे । 

यसअघि २०७८ को २० औं आहा–रारा गोल्डकपमा एपीएफले मछिन्द्रलाई सेमिफाइनलमा हराएको थियो । 

सोही वर्ष एपीएफले उपाधि जितेको थियो । मछिन्द्र भने हालसम्म उपाधिविहीन छ ।

मछिन्द्रले अब क्वाटरफाइनलमा थ्री स्टार क्लबसँग खेल्ने छ ।