मुख्य समाचार

संसद बैठक आज पनि बस्दै

- केएफएम डेस्ककाठमाडौं

प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । 

अध्यादेश निर्णायथ संसद सचिवालयले आजको बैठकका लागि सम्भावित तीन वटा कार्यसूची तय गरेको छ ।

सम्भावित कार्यसूचीमा अध्यादेश प्रस्तुत गर्ने विषयलाई आज पनि उल्लेख गरिएको छैन ।

 जनता समाजवादी पार्टी नेपाल जसपालाई मनाउन नसक्दा सरकारल हिजो पनि अध्यादेश प्रस्तुत गर्ने विषयलाई कार्यसूचीबाट हटाएको थियो ।

जसपासँग सरकारले निरन्तर संवाद गरिरहेकाले संसदमा अध्यादेश चाँडै प्रस्तुत गरिने कानुनमन्त्री अजयकुमार चौरासियाले बताए ।

 सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ । 

त्यस्तै आजको दोस्रो कार्यसूचीमा कानुनमन्त्री चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्ने छन् ।

सचिवालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू ९महासन्धी, प्रोटोकल र सिफारिस० सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची तयार पारेको छ ।