ताप्लेजुङको सदरमुकाम फुङ्लिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा
- ताप्लेजुङताप्लेजुङको पाथिभरा क्षेत्रमा केवलकार बनाउने विषयमा विवाद बढ्न थालेपछि प्रशासनले सदरमुकाम फुङ्लिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शमार्लले आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि फुङ्लिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गर्नु भएको हो ।
निषेधाज्ञा अवधिभर पाँच जना भन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस, घेराउ गर्न प्रतिबन्ध लगाइएको छ । केवलकार निर्माणको विषयलाई लिएर सदरमुकाम फुङ्लिङमा हिजो बेलुका प्रहरी र आन्दोलनकारीबीच पटक÷पटक झडप भएको थियो ।
झडपका क्रममा आन्दोलनकारीतर्फ घाइते भएका तीन जनालाई धरानको घोपा पुर्याइएको र ९ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको आन्दोलनरत समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिए ।
यता प्रहरीतर्फ पनि ९ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएको समूहले काफ्लेपार्टी क्षेत्रबाट हिजो दिउँसो पदयात्रा गर्दै र गाडीमा सदरमुकाम पुगेका थिए । सदरमुकाममा उनीहरुले नारा जुलुस गर्नुका साथै राँके जुलुस निकालेका थिए ।