मुख्य समाचार

पाथिभरा केबलकार विवादः विरोधमा रहेको समूहलाई पुनः वार्तामा आउन सरकारको आग्रह

- केएफएम डेस्ककाठमाडौं

ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निमार्णको विरोधमा आन्दोलन गरिरहेका समूहलाई वार्तामा आउन सरकारले पूनः आह्वान गरेको छ । गृहमन्त्रालयका सह–सचिव एवम् वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले समस्या समाधानका लागि पुनः वार्तामा आउन आग्रह गर्नुभएको हो ।



 विरोधमा रहेको समूहले उठाएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समूदायको समस्या वार्ताबाट मात्र सम्भव हुने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उता, स्थानीय प्रशासनले केवलकार निर्माण सम्बन्धी विवाद बढ्दै जाँदा ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले हिजोदेखि लगाएको निषेधाज्ञा जारी राखेको छ । प्रहरी र आन्दोलनकारीबीच पटक÷पटक झडप भएपछि जिल्ला प्रशासन कार्यलयले हिजो बिहान ५ बजेदेखि अनिश्चितकालका लागि सदरमुकाम फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

यसैबीच आन्दोलनरत समूहले सरकारले वार्तामा बोलाएकोबारे औपचारिक जानकारी नभएको बताएको छ । आन्दोलन पक्षका सचिवालय सदस्य खगेन्द्र माखिमले सरकारले आफूहरुलाई वार्ताका लागि औपचारिक पत्र नपठाएको बताउनुभयो ।