ओलीलाई कानुन र विधिसँग कुनै मतलब छैनः माधव नेपाल
- काठमाडौंएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्न उद्दत भएको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आज आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानुन र विधिसँग कुनै मतलब नभएको टिप्पणी गर्नुभयो उहाँले संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्तासमेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लंघन गरेको आरोप लगाउनुभयो ।
संसद् अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरु सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने उहाँको भनाई छ । भूमिसम्बन्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको अध्यक्ष नेपालको आरोप छ ।