म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरणमा भोलिपनि थुनछेक बहस हुने
- नवलपरासीम्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेकासंग जिल्ला अदालतमा भोलि पनि थुनछेक बहस हुने भएको छ । अदालतका श्रेष्तेदार भोलाप्रसाद रेग्मीका अनुसार पक्राउ परेकाहरुसँग आजको बहस नसकिएपछि भोलि पनि हुने भएको हो ।
सहकारीको रकम हिनामिना प्रकरणका मुख्य योजनाकार भनिएका राजकुमार थापा, रुद्र गुरुङ, मनबहादुर थजालीको बयान सकिएसँगै आजबाट थुनछेक बहस सुरु भएको हो । आजको थुनछेक बहसमा सरकारी वकिल गोबिन्द उपाध्यायले बहस गर्नुभएको थियो । त्यसलगत्तै प्रतिवादीका तर्फबाट बहस भएको छ ।
सो सहकारी घोटाला प्रकरणका मुख्य योजनाकार एवं म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा समेतले ३२ करोड भन्दा बढि अबैध रकम ढुकुटी खेलाउने, घरजग्गा कारोवारमा लगानी गर्ने र निजि स्कुलमा लगानी गर्ने गरेको पाइएको छ ।