राप्रपा र राजतन्त्र पक्षधरद्वारा काठमाडौंमा प्रदर्शन
- काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजतन्त्र समर्थकले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मोटरसाइकल ¥यालीसहित नेपालको राष्ट्रिय झन्डा बोकेर हिन्दुराष्ट्र, राजतन्त्रको पुनःस्थापना लगायतमाग राख्दै राप्रपाका नेता तथा कार्यकर्तालेप्रदर्शन गरेका हुन् । ¥याली बबरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेको थियो।
यसअघि, देशका विभिन्न शहरमा राप्रपाले प्रदर्शन सम्पन्न गरिसकेकोे छ । यसैबीच, राप्रपाको ¥यालीका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता तथा कार्यकर्ताहरु ¥यालीमा सहभागी थिए ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न क्षेत्रमा धार्मिक भ्रमणमा व्यस्त हुनुभएको छ । पूर्वराजा शाहले आज बागलुङको कालीका मन्दिर र म्याग्दीको गलेश्वर मन्दिरमा पुजापाठ र दर्शन गर्नुभएको हाम्रा सहकर्मीले जनाएका छन् ।