कांग्रेसका शीर्ष नेताहरु सोमबार धनगढी आउँदै
- धनगढीनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरु सोमबार धनगढी आउन लागेका छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिम सभापति बीरबहादुर बलायरका अनुसार सोमबार आयोजना हुने कांग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलन उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन् ।
सभापति देउवासँगै महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरुको टोली आउन लागेको बताइएको छ । उपसभापति पूर्णबहादुर खड्का लगायत केही नेताहरु भने आइतबार नै धनगढी पुगिसकेका छन् ।