मुख्य समाचार

सरकारको गलत गतिविधिले प्रतिगामी शक्तिको मनोबल बढाएको माओवादीको आरोप

- केएफएम डेस्ककाठमाडौं

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारको गलत गतिविधिले प्रतिगामी शक्तिको मनोबल बढाएको आरोप लगाएको छ । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकारको स्वेच्छाचारी शासनले गर्दा

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले लोकतन्त्रभित्र नै स्पेश खोज्न राजावादी शक्तिलाई आग्रह गर्नुभएको थियो । संविधानको भावना विपरित अघि बढ्दा फरक अवस्था आउने उहाँको भनाइ थियो ।

माओवादी अध्यक्ष दाहाल बोलेपछि विशेष समयमा बोलेका नेपाली कंग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारकै कारण राजतन्त्रवादी शक्ति हौसिएको भन्ने दाहालको अभिव्यक्तिको प्रतिवाद गर्नुभयो ।

एमालेका सचिव गोकर्ण विष्टले प्रतिपक्षी दलका नेता दाहालको अभिव्यक्तिले परिवर्तन विरोधी पक्षलाई फाइदा पुग्न सक्ने टिप्पणी गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा राजावादी शक्तिको गतिविधिलाई लिएर दलहरु आरोप–प्रत्यारोप चलेको हो ।