मुख्य समाचार

अमेरिकाले ४१ करोड रुपैयाँको पुरातात्विक सम्पदा फिर्ता गर्ने

- केएफएम डेस्ककाठमाडौं

अमेरिकाले नेपाली ४१ करोड रुपैयाँ मूल्य बराबरको २० वटा पुरातात्विक सम्पदा नेपाल सरकारलाई फिर्ता गर्ने घोषणा गरेको छ । 

न्युयोर्कस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समयमा नेपालबाट तस्करी गरी अमेरिका लगिएका ३० लाख अमेरिकी डलर मूल्य पर्नेे २० वटा पुरातात्विक सम्पदा फिर्ता गर्ने जनाएको छ । 

विज्ञप्तिमा फिर्ता गर्ने मिति भने उल्लेख गरिएको छैन । १५ औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो र उनकी पत्नीहरुको चित्र, बुङ्गमतीको एक स्तुपाबाट चोरी भएको बुद्धको मूर्ति, ढुङ्गाको देवीको मूर्तिलगायत २० वटा पुरातात्विक सम्पदा फिर्ता गरिने भएको छ ।

 भारतीय मुलका सुवास कपुर र उनको तस्करी सञ्जालबाट बरामद गरिएको पुरातात्विक सम्पदाहरु नेपालबाट तस्करी गरिएको पुष्टि भएपछि फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो ।