संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर भयोः सभामुख घिमिरे
- काठमाडौंसभामुख देवराज घिमिरेले संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको बताउनुभएको छ ।
ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्बाट संघीय निजामती सेवा विधेयकसँगै प्रहरी र विद्यालय शिक्षा विधेयक चाँडै टुंगो लगाउने उल्लेख गर्नुभयो ।
योजना तर्जुमा र बजेट वितरण संघमा सीमित रहनु संघीयताको मर्मअनुसार नभएको समेत सभामुख घिमिरेको भनाइ थियो । संघीयताको कार्यन्वयनमा व्यवहारिक समस्याहरु देखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनताका समस्या समाधानका लागि संघीय र प्रदेश सरकारले कानुनी जटिलता हटाएर सहजीकरण गर्नुपर्ने बताउनुभयो ।