मुख्य समाचार

पूर्व राजालाई पार्टी खोल्न कंग्रेस सभापति देउवाको आग्रह

काठमाडौं

नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन सुझाव दिनुभएको छ । काठमाडौंमा आज आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक नभएको टिप्पणी समेत गर्नुभयो । 

पूर्व राजा शाहलाई आफूले राम्रोसँग चिनेको उल्लेख गर्दै देउवाले भन्नुभयो– "उनी संवैधानिक राजा हुन लायक मान्छे होइनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछुताउँछ । बरु राप्रपाले पार्टीको सभापति बनाए हुन्छ ।" राजावादी दल र समूहको गतिविधि बढिरहेका बेला प्रमुख दलका नेताहरुले पूर्व राजाविरुद्ध चर्काे अभिव्यक्ति दिइरहेका छन् ।