मुख्य समाचार

तीन दलको सहमतिः संक्रमणकालिन न्याय प्रक्रिया अघि बढाउने

काठमाडौं

प्रमुख तीन दलका शीर्षस्थ नेताले संक्रमणकालीन न्यायसँग सम्वन्धित दुई आयोगका पदाधिकारीको नियुक्ति अघि बढाउने सहमति गरेका छन् । नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बैठकले आयोगका पदाधिकारी चयनका लागि सिफारिस समिति बनाउने सहमति गरेको हो । 

प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि खरेलले सिफारिस समिति बनाउने सहमति भएको जानकारी दिनुभयो । बैठकमा यसअघिको सिफारिस समितिको प्रतिवेदनमाथि समेत छलफल भएको थियो । यसअघि सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सिफारिस समितिले दुई आयोगका पदाधिकारी सिफारिस गर्न नसकेपछि संक्रमणकालिन न्याय प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।