रविलाई रुपन्देही अदालत पेस गरिँदै
- भैरहवाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेस गरिँदैछ । उहाँलाई अदालत लैजानु अघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी सुरज कार्कीले उच्च अदालतबाट मिशिल प्राप्त हुने बित्तिकै लामिछानेलाई जिल्ला अदालत पेश गरिने बताउनुभयो ।
शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उहाँलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।